काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २६ दशमलव ५६ अंकले ओरालो लागेको बजार परिसुचक आज बुधबार पनि १४ दशमलव पाँच अंकले ओरालो लागेर दुई हजार ५० दशमलव ७८ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य तीन अंकले ओरालो लागेर तीन सय ८६ दशमलव ११ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५९ हजार आठ सय १३ पटकको कारोबारमा ८६ लाख ५१ हजार एक सय ६४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १४ वटा उपसमुहहरुको कारोबार भएकोमा होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक र टे«डिङ उपसमुहहरुको सुुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।