काठमाडौं । कुमारी बैंक लिमिटेडले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकोप्टरबाट सामाजिक सुरक्षा भत्ता पु-याएको छ । सडकको पहुँच नपुगेको सो क्षेत्रमा हेलिकोप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पु-याई वितरण गरिएको बैंकले जनाएको छ ।
सडकको पहुँच नपुग्दा सो क्षेत्रका नागरिकले सामाजिक सुरक्षा भत्ता लिन तीन दिनसम्मको बाटो हिँडेर जान बाध्य थिए । यही समस्यालाई मध्यनजर गर्दै बैंकले काठमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी सामाजिक सुरक्षा भत्ता पु¥याएको हो । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना कुल तीन सय दुई शाखा, ४८ एक्सटेन्सन काउन्टर, दुई सय ९६ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितको सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।