काठमाडौं । काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नमान्ने बताएका छन् ।
बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अदालतले दिएको आदेश पछि फेसबुकमार्फत बालेनले जुनसुकै सजाय भोग्न पनि तयार हुने तर भारतीय फिल्मको प्रदर्शन हुन नदिने बताएका छन् । उनले भारतको गुलाम अदालत र नेपाल सरकार भएको आरोपसमेत लगाए ।
बालेनका अनुसार फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ उनले भने ।