काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने चार दशमलव ७५ अंकले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३० अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । सो अनुसार ५६ हजार पाँच सय ५६ पटकको कारोबारमा ८० लाख आठ हजार दुर्ई सय ४६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक रुपैंयाँ ६० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक बढेका छन् ।