काठमाडौं । हिमालयन बैंकका ग्राहकले काठमाडौंको विशालनगरस्थित आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुविधाहरूमा पाँच देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।
सम्झौताअनुसार उक्त संस्थाले बैंकका कार्डबाहक तथा ग्राहकहरूलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशतसम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशतसम्मको छुट, ल्याब सेवाहरूमा २५ प्रतिशतसम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशतसम्मको छुट, दिवा वा २४÷७ नर्सिङ केयर सेवामा १५ प्रतिशतसम्मको छुट र फिजियोथेरापीमा पाँच प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका कार्डबाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन वा निम्न कार्डहरूबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।