श्रीलंका । श्रीलंकाको महँगी दर २२ दशमलव एक प्रतिशतमा झरेको छ । जनगणना तथा तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा ३३ दशमलव छ प्रतिशत रहेको मुद्रास्फीति मे महिनाको अन्तिमसम्म २२ दशमलव एक प्रतिशतमा झरेको हो ।
विभागका अनुसार खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७ दशमलव एक प्रतिशत रहेकामा मेमा १५ दशमलव आठ प्रतिशतमा झरेको छ । गैरखाद्य समूहको मुद्रास्फीति अप्रिलमा ३९ प्रतिशत रहेकामा मेमा २७ दशमलव छ प्रतिशत कायम भएको छ ।
श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीतिमा देखिन थालेको गिरावटको प्रवृत्ति सन् २०२३ को अन्त्यसम्म रहने अनुमान गरेको छ । केन्द्रीय बैंकले वर्षको अन्त्यसम्म मुद्रास्फीति एकल अंकमा झर्नसक्ने अनुमान गरेको छ ।