काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरेको छ । नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिए विपरित काम गरेको हुँदा कारबाही गरिएको हो।

उनीहरुलाई सरूवा गरेर विभागीय कारबाही गरिएको मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइले बताए। उनीहरूले विभिन्‍न समयमा नगरप्रहरीको निर्देशन विपरीत कार्य गरिरहेको महानगरको दाबी छ।