काठमाडौं । अधिवक्ता वर्षाकुमारी झाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी सर्वोच्च अदालतमा निवेदन पेश गरेकी छिन् ।
मेयर शाह विरुद्ध उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।
भारतीय चलचित्रलाई नेपाली हलमा चलाउन नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको केही दिनअघि मेयर शाहले आलोचना गरेका थिए । शाहले आफूले उक्त आदेशको पालना नगर्ने भन्दै अदालतलाई भारतबाट प्रभावित भएको आरोप लगाएका थिए ।