काठमाडौं । लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजनक भएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने बताए ।
सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको भन्दै श्रेष्ठले चिन्ता व्यक्त गरेका हुन्् ।
‘लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको छ’ मन्त्री श्रेष्ठले भने ।