काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज भएको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले सोमवार राजीनामा दिएका हुन् । उनले राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्मा नियुक्ति हुने गरेको आरोप लगाउँदै न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट न्याय परिषद्ले न्याधीशमा भर्ती गरिदिएपछि न्यायाधीशहरुको भविष्य नै अन्धकार भएको बताए। उनले संसदीय सुनुवाई समिति नै अवैध रहेको भन्दै सुनुवाई समिति निष्पक्ष भएको खण्डमा कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको बताए।