काठमाडौं, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम बढेको छ । दूषित पानी, फोहर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
बाढीको पानी वा बाढीले छोएको पानी पिउनाले झाडापखाला, हैजालगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाडौंका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार विपद्मा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाइमा ध्यान दिनु हो । ‘बाढीबाट प्रदूषण फैलिएको हुन्छ । खानेपानी दूषित हुने, खानेकुरामा सङ्क्रमण फैलिने तथा घर बाहिर बस्नुपर्ने अवस्थाका कारण कीटजन्य रोग तथा छालामा सङ्क्रमणको जोखिम हुन सक्छ’, उनले भने । डा. चालिसेले व्यक्तिगत सरसफाइ, खानेपानीको अवस्था, खानाको स्वच्छतामा ध्यान दिनुका साथै शुद्धीकरण गरेको पानी पिउन सुझाव दिए । यस्तो अवस्थामा दूषित पानी र फोहर खानाका कारण झाडापखाला र हैजा तीव्ररुपमा फैलिन सक्ने उनको भनाइ छ । उनका अनुसार टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको सङ्क्रमण पनि हुन सक्छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन विपद्को समयमा कीटजन्यभन्दा पनि सुरुवाती दिनमा पानीजन्य रोगको बढी सम्भावना रहने बताउँछन् । उनका अनुसार मुख्यतः अहिले व्यक्तिगत सरसफाइमा नै ध्यान दिनुपर्ने हुन्छ । ‘मुख्य भनेको स्वच्छ खानेपानी र खानेकुरा हो । राम्ररी हात धुने र व्यवस्थित शौचालय प्रयोग गर्दा धेरै रोगबाट बच्न सकिन्छ’, उनले भने । डा. पुन यसबाट विशेषतः बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीघरोग भएका बिरामीलाई जोगाउनुपर्ने बताउँछन् । डा. पुनकाअनुसार शवलाई लामो समयसम्म व्यवस्थापन गर्न सकिएन भने त्यसबाट विभिन्न प्रकारका महामारी निम्तिन सक्ने जोखिम रहन्छ । त्यहाँ उत्पन्न हुने प्रदूषित वातावरणले झाडापखाला, हैजालगायतका रोगहरू निम्त्याउन सक्ने उनले बताए ।
विपद् प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाइमा ध्यान नदिने हो भने विभिन्न सङ्क्रामक रोग फैलिन सक्ने जोखिम रहेको डा. पुनको भनाइ छ । उनले भने, ‘प्रभावित क्षेत्रमा धेरै नागरिक पुगिरहेको अवस्था छ । उहाँहरूले पनि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, शौचालयको उचित प्रयोग गर्ने गर्नुपर्छ । नभए उहाँहरू नै रोग सार्ने माध्यम बन्न सक्नुहुन्छ ।’ यस्तै बाढी प्रभावित जिल्लामध्येको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमुना लिने क्रममा १५ वटा पिउने पानीका नमुनामध्ये पाँचवटामा इकोलीको सङ्क्रमण भेटिएको छ ।
जनस्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालले विदुर नगरपालिकाको त्रिशूली नदी पारीतर्फको ४ होल्डिङ सेन्टरमा प्रयोग भइरहेको खानेपानीको नमूना लिने क्रममा एउटामा इकोली भेटिएको बताए । यस्तै त्रिशूली वारितर्फको ११ वटा होल्डिङ सेन्टरमध्ये चारवटा पानीको मुहानमा इकोली पाइएको छ । उनकाअनुसार खानेपानीको ट्यांकर र धाराको पानीमा उक्त जीवाणु भेटिएको हो । सूचना अधिकारी रिजालका अनुसार उक्त खानेपानीको स्रोतलाई निर्मलीकरण गरेर खानयोग्य बनाइसकिएको छ । उनले भने, ‘दूषित भएको पानीलाई खानयोग्य बनाउन शुद्धीकरण गरिसकिएको छ र सबैलाई पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न सुझाव दिएका छौँ ।’ काठमाडौं, भदौ २१ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम बढेको छ । दूषित पानी, फोहर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
बाढीको पानी वा बाढीले छोएको पानी पिउनाले झाडापखाला, हैजालगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाडौंका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार विपद्मा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाइमा ध्यान दिनु हो । ‘बाढीबाट प्रदूषण फैलिएको हुन्छ । खानेपानी दूषित हुने, खानेकुरामा सङ्क्रमण फैलिने तथा घर बाहिर बस्नुपर्ने अवस्थाका कारण कीटजन्य रोग तथा छालामा सङ्क्रमणको जोखिम हुन सक्छ’, उनले भने । डा. चालिसेले व्यक्तिगत सरसफाइ, खानेपानीको अवस्था, खानाको स्वच्छतामा ध्यान दिनुका साथै शुद्धीकरण गरेको पानी पिउन सुझाव दिए । यस्तो अवस्थामा दूषित पानी र फोहर खानाका कारण झाडापखाला र हैजा तीव्ररुपमा फैलिन सक्ने उनको भनाइ छ । उनका अनुसार टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको सङ्क्रमण पनि हुन सक्छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन विपद्को समयमा कीटजन्यभन्दा पनि सुरुवाती दिनमा पानीजन्य रोगको बढी सम्भावना रहने बताउँछन् । उनका अनुसार मुख्यतः अहिले व्यक्तिगत सरसफाइमा नै ध्यान दिनुपर्ने हुन्छ । ‘मुख्य भनेको स्वच्छ खानेपानी र खानेकुरा हो । राम्ररी हात धुने र व्यवस्थित शौचालय प्रयोग गर्दा धेरै रोगबाट बच्न सकिन्छ’, उनले भने । डा. पुन यसबाट विशेषतः बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीघरोग भएका बिरामीलाई जोगाउनुपर्ने बताउँछन् । डा. पुनकाअनुसार शवलाई लामो समयसम्म व्यवस्थापन गर्न सकिएन भने त्यसबाट विभिन्न प्रकारका महामारी निम्तिन सक्ने जोखिम रहन्छ । त्यहाँ उत्पन्न हुने प्रदूषित वातावरणले झाडापखाला, हैजालगायतका रोगहरू निम्त्याउन सक्ने उनले बताए ।
विपद् प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाइमा ध्यान नदिने हो भने विभिन्न सङ्क्रामक रोग फैलिन सक्ने जोखिम रहेको डा. पुनको भनाइ छ । उनले भने, ‘प्रभावित क्षेत्रमा धेरै नागरिक पुगिरहेको अवस्था छ । उहाँहरूले पनि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, शौचालयको उचित प्रयोग गर्ने गर्नुपर्छ । नभए उहाँहरू नै रोग सार्ने माध्यम बन्न सक्नुहुन्छ ।’ यस्तै बाढी प्रभावित जिल्लामध्येको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमुना लिने क्रममा १५ वटा पिउने पानीका नमुनामध्ये पाँचवटामा इकोलीको सङ्क्रमण भेटिएको छ ।
जनस्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालले विदुर नगरपालिकाको त्रिशूली नदी पारीतर्फको ४ होल्डिङ सेन्टरमा प्रयोग भइरहेको खानेपानीको नमूना लिने क्रममा एउटामा इकोली भेटिएको बताए । यस्तै त्रिशूली वारितर्फको ११ वटा होल्डिङ सेन्टरमध्ये चारवटा पानीको मुहानमा इकोली पाइएको छ । उनकाअनुसार खानेपानीको ट्यांकर र धाराको पानीमा उक्त जीवाणु भेटिएको हो । सूचना अधिकारी रिजालका अनुसार उक्त खानेपानीको स्रोतलाई निर्मलीकरण गरेर खानयोग्य बनाइसकिएको छ । उनले भने, ‘दूषित भएको पानीलाई खानयोग्य बनाउन शुद्धीकरण गरिसकिएको छ र सबैलाई पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न सुझाव दिएका छौँ ।’
एक हजार ३५३ शव भेटियो
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष, २३९ महिला सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
बाढीपछि हालसम्म नौ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए । बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।