काठमाडौ । रमेश गुरुङ नामका एक जना व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २० करोड रकम माग्दै धम्क्याएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो । सीआईबीका एक अधिकृतले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।