अमेरिका । सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ । ट्विटरका मालिक एलोन मस्कले आइतबार ट्विटरको लोगो परिवर्तन गरेर अंग्रेजी अक्षर ‘एक्स’ राख्ने संकेत गरेका थिए । सोमबार दिउँसोबाट नै ट्विटरको लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर ‘एक्स’ राखिएको छ ।
अब ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रङ्गमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिनेछ । डेस्कटप संस्करणमा निलो चरो प्रतिस्थापन भइसकेको छ भने मोबाइल एपमा देखा पर्न बाँकी छ । एलोन मस्कका अनुसार अहिलेसम्म पोस्टहरूलाई ‘ट्विट्स’ भनिदै आएकामा अब प्रतिस्थापन गरेर ‘एक्सस’ भनिनेछ । मस्कले किनेदेखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ । केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको बताएका थिए ।