काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को स्कुल अफ मेडिकल साइन्सेजको डिन पदमा प्राडा मनोज हुमागाईं नियुक्त भएका छन् । पनौती नगरपालिका–२, कुशादेवी निवासी हुमागाईं मंगलबार डिनमा नियुक्त भएका हुन् ।
यसअघिका डिन डा. राजेन्द्र कोजुको दुई कार्यकालको जिम्मेवारी सकिएपछि नयाँ डिन नियुक्त भएका हुन् । कोजुको कार्यकाल सोमबारबाट सकिएको थियो । केयूमा दुई पटकभन्दा बढी एकै व्यक्ति डिन हुन नपाउने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई निरन्तरता दिएसँगै प्राडा हुमागाईंलाई डिनको जिम्मेवारी प्रदान गरिएको हो । नवनियुक्त डिन हुमागाईं यसअघि एसोसिएट डिन थिए । प्राडा हुमागाईँ वरिष्ठ दन्त चिकित्सक हुन् ।