काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्ले ३६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पनि आठ दशमलव ११ अंकले ओरालो लागेर २१ सय ५६ दशमलव २० बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य पाँच अंकले ओरालो लागेर चार सय नौं दशमलव ११ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ६० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४२ हजार सात सय १४ पटकको कारोबारमा ७३ लाख ९९ हजार चार सय ७४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ४३ करोड २५ लाख आठ हजार सात सय ६९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये फाईनान्स, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन । यि बाहेक बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र टे«डिङ समुहका सुचकहरु भने घटेका छन् ।