काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि सेयर बजार परिसुचक ओरालो लागेको छ । नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेपश्चात निरन्तर ओरालो लागेको सेयर बजार परिसुचक आज बिहिबार पनि २९ दशमलव ७१ अंकले ओरालो लागेर २१ सय २६ दशमलव ४८ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २६ अंंकले ओरालो लागेर चार सय तीन दशमलव ८४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४४ हजार छ सय ७२ पटकको कारोबारमा ६२ लाख ७१ हजार सात सय ७७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार पाँच सय ६४ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।