काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड २०८० असार २४ गतेबाट मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।
कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा नवराज सिंखडा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्वारा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको संस्थाले जानकारी दिएको छ ।