काठमाडौं, वैशाख १६
प्रभु–पेमार्फत घरबाट नै कोरोना बीमालेखको भुुक्तानी गर्न सकिने भएको छ । डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी प्रभु–पेमार्फत अब घरबाटै कोराना भाइरस (कोभिड १९) बीमा गर्न सकिने भएको हो । कम्पनीले हाल भइरहेको लकडाउनको परिस्थितिलाई मध्यनजर गर्दै यो सुविधा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । कम्पनीका अनुसार यसबाट बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु–पेको वालेट मोबाइलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् । उनीहरूले तीन सय रूपैयाँबाट सुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । साथै, सम्भावित संक्रमणबाट ५० हजार वा एक लाख रूपैयाँसम्मको आर्थिक सुरक्षा पाउने जानकारी पनि कम्पनीले दिएको छ ।