काठमाडौं, वैशाख १६
आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ७३ लाख ७० हजार एक सय ९१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १० करोड ९५ लाख ७६ हजार सात सय ६४ रूपैयाँ रहेको थियो । हाल चुक्ता पँुजी ९२ करोड ६५ लाख दुुई हजार रूपैयाँ रहेको फाईनान्सले चालू आवको चैत मसान्तसम्ममा ११ अर्ब ६२ करोड ४४ लाख २३ हजार नौ सय २२ रूपैयाँ निक्षेप संकलन गरी नौ अर्ब सात करोड ५० लाख ६५ हजार आठ सय २१ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ३२ करोड ७१ लाख ८३ हजार पाँच सय २५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शुन्य दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने कर्जा तथा निक्षेपबिचको ब्याजदर अन्तर (स्प्रेड दर ) चार दशमलव ९० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाईनान्सले १० अर्ब ९३ करोड २८ लाख ७१ हजार पाँच सय एक रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब १४ करोड ५५ लाख १९ हजार चार सय ४९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ७० लाख दुुई सय ५७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शुन्य दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६० प्रतिशत रहेको थियो ।