काठमाडौं,राजश्व अनुसन्धान विभागको टोलीले ठमेलको होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ । उक्त होटलमा विभागको टोलीले रातभर छापा मारेको थियो । उक्त होटलमा सुन प्रकरणमा जोडिएका व्याक्तिको खोजीको लागि भन्दै विभागको टोलीले बिहानसम्म छापा मारेको थियो ।
होटलबाट दावा छिरिङलाई पक्राउ गरेको थियो । छिरिङ नेपाल मुुलका तर,बेल्जियम नागरिक भएको खुल्न गएको छ । स्रोतका अनुसार उनी हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्न गिरोहसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ ।
यसअधि सोहि प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । छिरिङ पक्राउपछि १८ जना विभागको नियन्त्रणमा रहेका छन् । सुन तस्करको गिरोह निकै लामो भएको बुझिएको ।