काठमाडौँ । काठमाडौँको न्यूरोडस्थित मासागल्लीस्थितमा एक कपडा व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीय संजय गुप्ता (हनुमान)ले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । चाइनिज कपडाको कामगर्दै आएका हनुमाले के कारण आत्महत्या गरे खुल्न सकेको छैन । निकट स्रोतका अनुसार उनि केहि समयदेखि डिप्रेसन र युरिक एसिडबाट पिडित थिए । मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।