काठमाडौं । सिनर्जी डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी हाल कायम रहेको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँमध्येबाट दुई बराबर एक अर्थात् २ः१ को अनुपातमा ४० करोड ३२ लाख ८७ हजार पाँच सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार आठ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
अधिकृत पुँजी एक अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी एक अर्ब २५ करोड रुपैयाँ रहेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमार्फत यही साउन २५ गतेबाट सुरु हुने हकप्रद सेयरको बिक्री कार्य यही भदौ १३ गतेसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ ।