काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा २८ लाख ५३ हजार चार सय ७० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ४१ लाख ३९ हजार चार सय ५० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ३० करोड ८८ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २२ करोड ८२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ५९ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० लाख ९३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले २९ करोड ४९ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २३ करोड ९० लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ७५ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५४ लाख १७ हजार रुपैयाँ रहेको थियो भने स्प्रेडदर चार दशमलव ९४ प्रतिशत रहेको थियो ।