काठमाडौं । बुद्ध एयर र आईएमई पेबीच सम्झौता भएको छ । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने गरी सम्झौता भएको हो । आईएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच साउन २१ गते सम्झौता भई सो सेवा सुरु गरिएको हो ।
सम्झौताअनुसार अब यात्रुले यसरी टिकट खरिद गर्ने क्रममा आईएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने बुद्ध एयरले बताएको छ । साथै, प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने बताइएको छ । ‘आईएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने, साथै आफ्ना प्रयोगकर्ताको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् ।