काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । अध्यागनम विभागले शुक्रबार बिहान दिल्लीबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अडुकियालाई नियन्त्रणमा लिएकोे थियो ।
राजस्व अनुसन्धान विभागले एक सय किलो सुन प्रकरणमा अडुकिया संलग्न रहेको हुन सक्ने भन्दै कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमनले कालोसूचीमा राखेको थियो । सोहीअनुसार काठमाडौं आउनासाथ अध्यागमनले अडुकियालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि राजस्व अनुन्धान विभागलाई बुझ्न पत्राचार गरेको र विभागले सुन प्रकरणको सबै अनुसन्धान सीआईबीले गरिरहेको भन्दै बुझ्न मानेन । त्यसपछि अध्यागमनले सीआईबीलाई बुझाउन खोज्दा अडुकियाको संलग्नता पुष्टि हुने आधार नभएकोे भन्दै बुझ्न नमानेपछि अध्यागमनले बोलाएको बेला हाजिर हुने सर्तमा छाडेको हो ।