काठमाडौं, वैशाख १८
सनराइज बैंकका ग्राहकले फुुडमाण्डुुमा विशेष छुुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको हो । बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमान्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड तथा क्यूआर कोडद्वारा प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म नगद फिर्ता गर्ने जानकारी दिएको छ । बैंकका अनुसार यो अफर लकडाउन अवधिसम्म काठमाडौँं उपत्यकाभित्र मात्र मान्य हुनेछ । वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु गरिएको बैंकले जानकारी दिएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।
बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७९ करोड २४ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८२ अर्ब १५ करोड ५८ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड ७८ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब चार करोड ७४ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने भने वितरणयोग्य नाफा ५१ करोड ९० लाख ३८ हजार रुपैयाँ छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७५ अर्ब ४३ करोड २१ लाख ५१ हजार रुपैयाँ निक्षेप संंकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७२ करोड १४ लाख नौ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।