मानुषी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० मा ५१ लाख १६ हजार नौ सय ६२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक करोड ६९ लाख ३५ हजार एक सय ३८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ८८ करोड ८५ लाख ४६ हजार नौ सय ७३ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३१ करोड ९९ लाख एक हजार चार सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा आठ करोड ६८ लाख नौ सय १६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्गामा पाँच दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २८ लाख ८१ हजार आठ सय ८० रुपैयाँ रहेको संस्थामा चार दशमलव ४७ प्रतिशत स्प्रेड दर रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ७७ करोड ६७ लाख ७८ हजार नौ सय ६२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ८२ लाख ९८ हजार दुई सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ७७ लाख ९२ हजार चार सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ८९ प्रतिशत रहेको थियो ।