काठमाडौं। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट आमरण अनसन समूहले प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको हुँदा उनीहरुले शुल्क फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।
शुल्क वृद्धिको विरोधमा समाजवादी मोर्चा निकटका विद्यार्थीहरू अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, नेविसंघका विद्यार्थी नेता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन बसेका छन् ।
उनीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको भीसी, डीन, कानुन र न्यायको शव यात्रा निकालेर प्रदर्शन गरेका छन् । प्रहरीले उनीहरूको प्रदर्शनमा हस्तक्षेप गरी त्यही रोकेको छ ।