काठमाडौं । सेयर बजारको निरन्तरको ओरालो यात्राले साताको चौैथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । बजार परिसुचक आज दुई दशमलव ८२ अंकले ओरालो लागेर १९ सय ९० दशमलव ५९ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १३ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३२ हजार दुई सय ९८ पटकको कारोबारमा ३८ लाख तीन हजार दुई सय ४४ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब १३ करोड आठ हजार ४१ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन र टे«डिङ उपसमुहको सुचक उकालो लागेका छन् ।