नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा प्रहरीको नियन्त्रणामा आएका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले नियन्त्रणामा लिएको हो । महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक (भेप) साटेर सुन बेचबिखन गर्ने समूहसँग महराको साँठगाँठ रहेको आरोप लागेको थियो । सामाजिक सञ्चालमार्फत राहुलले आफैले आफू सिआइबी जान लागेको बताएका थिए ।