काठमाडौं । स्मार्ट क्युआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्युआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । उक्त छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
यो छुटअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् । स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एपमार्फत ग्राहकले बिगमार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् । साथै, स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तरआबद्धता सुरु भएसँगै नेपाल पेमा आबद्ध भई स्मार्ट क्युआरमा भुक्तानी गर्न सुरु गरेका विभिन्न बैंक तथा वालेटले पनि छुट प्राप्त गर्न सक्ने बताइएको छ ।