काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको खुद नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत (करसहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गर्नेछ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय दुई वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।