काठमाडौं, वैशाख २१
देवः विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १८ करोड ७७ लाख ७६ हजार आठ सय ६० रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १९ करोड ४५ लाख ९३ हजार एक सय ३९ रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब १७ करोड ७१ लाख नौ सय २७ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २२ अर्ब ४२ करोड ५९ लाख १४ हजार छ सय २० रूपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २५ करोड ६४ लाख २९ हजार सात सय ५० रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ५६ करोड ४६ लाख एक हजार सात सय १८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैकले गत आवको सोही अवधिमा भने २१ अर्ब ७८ करोड १९ लाख ८३ हजार सात सय ५२ रूपैयाँ निक्षेप संंकलन गरी २० अर्ब सात करोड ७४ लाख ८५ हजार पाँच सय ३३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ करोड ४३ लाख ३० हजार नौ सय सात रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।