काठमाडौं,ईमेर्जेन्सि भर्ना गर्न लगेको बच्चाको मृत्यु भएपछि परिवारका सदस्यले अस्पतालको लापरवार्हीले बच्चाको मृत्यु भएको भन्दै बिरोध प्रर्दशन गरेका छन् ।

कान्ति बाल अस्पतालमा ईमेर्नेन्सि भर्ना गर्न लगेको बच्चालाई इमेर्जेन्सि भर्ना नगरि २ घण्टा बाहिर राखि अस्पतालले बच्चाको स्वास्थ्यमा खेलवाड गरेको र बच्चाको समयमा नै उपचार हुन नसकेको परिवारका सदस्यको आरोप रहेको छ । उनीहरुले मंगलबार बिहान बिरोध पर्दशन गरेका हुन् ।