नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । विजयी कँडेलले ४७९ मत प्राप्त गरेका थिए भने उनका उनका रहि रिजालले ४७७ मत प्राप्त गरेका थिए । अध्यक्षका प्रत्याशी हरी रिजाललाई २ मतले पराजित गदै कँडेल विजयी भएको निवा{चन कमिटीले बताएको छ । विजयी कँडेल एमालेका उपाध्यक्ष बिष्णु पौडेल निकट रहेका थिए भने रहि रिजाल एमाले महासचिव शंकर पोख्रेल निकट रहेका थिए ।