काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ३६ करोड ३८ लाख ६७ हजार पाँच सय २० रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ३४ करोड १८ लाख पाँच हजार दुई सय ८७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी छ अर्ब ४२ करोड नौ लाख दुई सय ७३ रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा एक खर्ब १६ अर्ब ४४ करोड ९८ लाख ७० हजार नौ सय ५३ रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७५ करोड ५२ लाख ५८ हजार तीन सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ११ करोड ४७ लाख ४२ हजार तीन सय २२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ६४ करोड ४० लाख ७२ हजार छ सय ३४ रुपैयाँ रहेको बैंकमा चार दशमलव ५९ प्रतिशत स्प्रेडदर रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब चार अर्ब ६७ करोड ५० लाख ७२ हजार दुई सय ६३ रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ८१ करोड १९ लाख ४८ हजार चार सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ३२ करोड ९७ लाख ७९ हजार तीन सय ७६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा ८० करोड ५५ लाख २२ हजार दुई सय ३८ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५१ प्रतिशत रहेको थियो ।