काठमाडौं । नेपालीहरूको महान चाड वडादशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआरकोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्तरूपमा हस्ताक्षर गरी शुक्रबारबाट सुरु गरेका हुन् ।
उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीले क्युआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।
यसबाहेक फरक–फरक माध्यममार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्र्माट बैंकिङको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको बैंकले जनाएको छ ।