काठमाडौं, वैशाख २३
सानिमा बैंकका ग्राहकहरूहले कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले सोमबारको दिन दराजबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका हुन् । सानिमा बैंक र दराज प्रालिबीच अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा उक्त छुट दिने सम्झौता भएको हो ।
सम्झौतामा सानिमा बैंकका तर्फबाट विक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ र दराजका तर्फबाट प्रबन्ध निर्देशक लिनो एलेरिङले हस्ताक्षर गरेका छन् । यो योजनाले ग्राहकहरू डिजिटल बैंकिङप्रति आकर्षित हुने विश्वास राखेको छ । यससम्बन्धी थप जानकारी बैंकको हटलाइन नं ०१४४४३९०१ बाट प्राप्त गर्न सक्नेछन् । योसँगै सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरूले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड मार्फत शपिङ गर्दा १० प्रतिशत वा अधिकतम पाँच सयसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो योजना वैशाख २२ गते सोमबारदेखि लागू हुुनेछ ।
बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली र टेलिफोन बिल भुक्तानीलगायतका डिजिटल बैंकिङ सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब १४ करोड ७४ लाख ६५ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ९८ करोड २० लाख ८७ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८१ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ९९ अर्ब ३० करोड ५० लाख एक हजार रूपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७१ करोड २९ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अविधा दुई अर्ब १६ करोड ६९ लाख ८७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ९५ करोड नौ लाख २३ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख २९ हजार रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड ८८ लाख ६१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९० करोड ९४ लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।