काठमाडौं, वैशाख २४
आरम्भ लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि अर्थात पछिल्लो नौ महिनामा एक करोड चार लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा झण्डै ८५ दशमलवले बढी हो । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो मुनाफा ५५ लाख ९७ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आज छ करोड ४४ लाख २८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १९ करोड ४३ लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी ६५ करोड ७७ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा तीन करोड १० लाख ४९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दशमलव १५ दशमलव रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १४ करोड ५८ लाख ६४ हजार रूपैयाँ निक्षेप संकलन गरी ४५ करोड ७३ लाख १३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ३६ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम ५५ लाख ९७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जा दुई दशमलव ५९ दशमलव रहेको थियो ।