काठमाडौं, गायक बाबुल गिरीको स्वर रहेको ‘हटाइदिए हुन्छ’ गीतको भिडियो सार्वजनि कभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका शम्भु पुडासैनीले उक्त गीत सिर्जना गरेका हुन् ।नुवाकोटको बेलकोटगढी नगरपालिका–८ जिलिङका पुडासैनी सानैदेखि साहित्यमा रुचि राख्थे ।
उनी लामो समयदेखि कोरियामा रोजगारी गर्दै आएका छन् । उक्त गीत ‘बाबुल गिरी’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।प्रवासमा रहेर पनि लेखनमा सक्रिय रहेका पुडासैनीका प्रेममा आधारित उक्त गीतले सबैमा राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ । अहिले उक्त गितले युटुबमा राम्रो प्रतिक्रिया पाईरहेको छ ।