काठमाडौ । शुक्रबार साँझ प्रहरीले कपनबाट दुई महिने दुधे वालिका र २२ महिने वालिका सहित चार जनालाई पक्राउ गरेको थाहा भएको छ । प्रहरीले आयुसा राईसंगै ती दुई वालिका र आयुसाका बाबू लाई पनि पक्राउ गरेको बताइएको छ । लेनदेनको विवादमा काठमाडौं परिसरका डिएसपी अनिलकुमार घिमिरेले बिपक्षी संग मिलेर आयुसाको लोग्ने घर नभएको मौका पारेर हायलकायल पार्ने दुरासय राखेर अबोध वालिकाहरुलाई समेत अमानवीय ढंगले पक्राउ गरेको बुझिएको छ ।