काठमाडौं, वैशाख २५
आशा लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ९० लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ४५ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजरा रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७३ करोड तीन हजार आठ सय ३० रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब २६ करोड ४७ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ६४ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थाको प्रोभिजन रकम छ करोड ९४ लाख ५२ हजार रुपैयाँ रहेको संस्थामा चार दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४० करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५८ करोड १९ लाख ४४ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थामा दुुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।