काठमाडौं । बुद्धचित्त व्यापारीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा एक मन्त्रीका भाई पक्राउ परेका छन । बाग्मती प्रदेशका खानेपानी मन्त्री तीर्थ लामाका भाई भोज बहादुर लामा बुद्धचित्तको माला व्यापारीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका हुन् ।

महाराजगन्ज प्रहरीले सोमबार भोजबहादुरसंगै आसलाल लामालाई पनि पक्राउ गरेको छ । यसअघि मन्त्री लामाका अत्यन्त निकट मानिने विकास लामा सुन तस्करीमा जोडिए पछि फारार रहेका छन् ।