काठमाडौं । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा सो भूकम्प गएको हो । यस्तै, सो क्षेत्रमा पटकपटक साना ठूला पराकम्पहरू गइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुरुमा दुई बजेर ४० मिनेटमा तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । चार रेक्टरमाथिका मात्रै चारवटा परकम्प गएको केन्द्रले जनाएको छ ।
सो भूकम्पको धक्काका कारण बझाङमा घर तथा संरचना भत्किँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु-याइएको जानकारी दिए । पाण्डेका अनुसार भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।