फिफा विश्वकप २०२६ को एशियाली छनोट प्लेअफ अन्तर्गत नेपाल र आसोसबीचको खेलको पुरा तयारी भएको एन्फाले जनाएको छ । खेल असोज २५ गते हुने भएको एन्फाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । फिफा वरियतामा १६८ औं स्थानमा रहेको लाओसँग १७५ औं स्थानमा रहेको नेपालको प्रतिस्पर्धा हुदैछ ।
एन्फाका प्रवक्त्ता सुरेश शाहका अनुसार खेल हुने दिनको टिकटको दर साधारण पारपिटतर्फ रु ३ सय कायम गरिएको छ भने,भीभीआईपी तर्फ ५ सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैंले व्यवस्थापन गरेर ब्रिकी गर्ने भएको छ । लाओसको टोली नेपालसँग भिडन अक्टोबर ९ मा नेपाल आउने भएको छ ।
उक्त टोलीलार्य प्रशिक्षणका लागि च्यासलस्थित रंगशालामा व्यवस्था मिलाइएको छ । प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले बताएको छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अबेटो एनेसले २५ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा राखी प्रशिक्षण गरिरहेका छन् । होम एण्ड अवेको आधारमा हुने प्ले अफ राउण्ड पार गरे नेपालले दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउने छ ।