काठमाडौं । मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले हत्या अभियोगमा जन्मकैद सजायलाई आममाफी दिएको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेको छ । समाजले आज(सोमबार) करिब १ बजे महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि राष्ट्रपतिलाई लक्षित गरी प्रदर्शन गरेको हो ।
समाजले यही असोज ३ गते संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा हत्याको जघन्य अपराधमा कारागार सजाय भोगिरहेका व्यक्तिलाई माफी दिएको र न्यायको सार्वभौम मान्यता विपरित भएको सो निर्णयविरुद्ध विरोधको प्लेकार्डसहित प्रदर्शनमा उत्रेको जनाएको छ । मानव अधिकारले सो घटनाले आपराधीकरणलाई बढावा दिनुका साथै लोकतन्त्र र संविधानलाईं कमजोर बनाउने उद्दे्श्यले संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने अधिकारको दुरुपयोग भएको जनाएको छ ।
त्यस्तो दुरुपयोग रोक्नका लागी शान्ति समाज काठमाडौं शाखाका जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रिय सभापति रामकृष्ण बराल, संस्थापक सभापति कृष्ण पाहाडी, केन्द्रिय सदस्य दिवाकर पुडासैनिलगायत करिब १० जनाको संख्याले प्लेकार्डसहित शान्तिपूर्ण विरोध कार्यक्रम गरेका थिए ।
समाजले चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका योगराज ढकाल (रिगल)लाई संविधान दिवसका अवसरमा (गत असोज ३ गते) सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध विरोध गर्दै आएको हो ।