काठमाडौं । श्रीलंकाका राष्ट्रपति एवं अर्थमन्त्री रणिल विक्रमेसिङ्घेसँग श्रीलंकाको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बिहीबार शिष्टाचार भेट गरेका छन् ।
डा. वाग्लेले लुम्बिनीले गाँसेको नेपाल(श्रीलंका सम्बन्ध, सार्कको भविष्य र सूचना प्रविधिका नयाँ सम्भावनाबारे वार्ता भएको बताए । डा. वाग्लेले विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रीय निर्देशकको पदमा नेपालको उम्मेदवार रहेका डा. शम्भु आचार्यको पक्षमा श्रीलंकालाई मतदान गर्न पनि आग्रह गरे ।
भेटघाटमा श्रीलंकाली आर्थिक सङ्कटबारे डा. वाग्लेले प्रा. डा. प्रेमचन्द्र आथुकोरालासँग सह(लेखन गरेको आफ्नो प्राज्ञिक शोधपत्रको एक प्रतिपनि हस्तान्तरण गरे ।