काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही कात्तिक १० गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरूका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको एक लाख ३७ हजार पाँच सय कित्ता सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँमध्येबाट २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएकोमा त्यसको १० प्रतिशतले हुने एक लाख ३७ हजार पाँच सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूका लागि बिक्री गर्न लागेको हो । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सर्वसाधारणका लागि छुट्याइएको कूल सेयरमध्येमा दुई प्रतिशत अर्थात् २७ हजार पाँच सय कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि, ६८ हजार सात सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ११ लाख ४१ हजार दुई सय ५० कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री खुल्ला गर्नेछ । हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य वैदेशिक रोजगारीको हकमा भने यही कात्र्तिक २४ गते बन्द हुने छ ।