काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नौ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ६० लाख २२ हजार पाँच सय ६० रुपैयाँले ऋणात्मक थियो ।
चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ९१ करोड ४५ लाख ४२ हजार चार सय ७० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३१ करोड ५१ लाख ६५ हजार पाँच सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड २९ लाख ७५ हजार नौ सय १० रुपैैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ लाख ५६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८२ करोड ७७ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २४ करोड ५६ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५९ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संंस्थाको प्रोभिजन रकम छ लाख ३५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९५ प्रतिशत रहेको थियो ।