काठमाडौं । इ–सेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ । इ–सेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो ।
क्यानलाई मेडिकल किट इ–सेवाका, प्रमुख बिजनेस अफिसर आशीष गौतम र चिफ स्ट्राटेजी अफिसर रवि शाक्यले हस्तान्तरण गरेका थिए । कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद ५० हजार रुपैयाँ हजारका दरले उपहार पनि हस्तान्तरण समेत गरिएको थियो । सो उपहार खेलाडीहरूले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिइएको थियो । इ–सेवाले जहिले पनि नेपाली खेलकुदको प्रवद्र्धन गर्नका लागि विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।